‘नुनमा आवश्यकभन्दा बढी आयोडिन छैन’

होस्ट खबर १८ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले नेपालमा बिक्री हुने आयोडिनयुक्त नुनमा आवश्यकताभन्दा बढी आयोडिन नभएको दाबी गरेको छ । विभागले नुनमा आयोडिनको मात्रा ठीक भए वा नभएको विषयमा विभिन्न ठाउँबाट नुनको नमुना लिएर परीक्षण गर्दा अहिलेसम्म त्यस्तो पुष्टि नभएको जनाएको छ ।

विभागले मङ्गलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत नेपालीले खाने आयोडिनयुक्त नुनमा अधिक मात्रा आयोडिन प्रयोग भएको भन्ने विभिन्न अध्ययनहरूले दाबी गरेजस्तो प्रयोगशाला परीक्षणको रिपोर्टमा यस्तो समस्या नदेखिएको जानकारी गराएको छ ।

विभागका महानिर्देशक डा मतिना जोशी वैद्यले नेपालीले प्रयोग गर्ने आयोडिनयुक्त नुनको प्याकेटमा गरिएको परीक्षणमा बाहिर हल्ला भए जस्तो अधिक मात्रा नभएको जानकारी दिए । नेपालको हकमा नुनमा आयोडिनको अधिकतम् मात्रा कति भन्नेबारे नतोकिएका कारण अधिक आयोडिन ठीक र बेठिक भन्ने छुट्टै बहस भएको र यसका लागि स्वास्थ्य मन्त्रालयले स्तर निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।

महानिर्देशक वैद्यका अनुसार आयोडिन सजिलैसँग उडेर जाने भएकाले प्याकिङ गर्दा, ढुवानी गर्दा, स्टोर गरेर खुद्रा व्यापारीसम्म पुग्दा ३० पीपीएम हुने अनुमानबमोजिम मापदण्ड निर्धारण गरिएको छ । घरको भान्सासम्म पुग्दा त्यो उडेर १५ पीपीएमसम्म पुग्ने अनुमान गरेर त्यहीअनुसार सरकारले मापदण्ड बनाइएको विभागले जनाएको छ । गोरखापत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array