कर्णाली प्रदेशसभा: ‘प्रदेश खेलकुद विकास ऐन–२०७६’ संशोधन प्रस्ताव

होस्ट खबर १७ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : कर्णाली प्रदेश सरकारले ‘प्रदेश खेलकुद विकास ऐन–२०७६ लाई पहिलो संशोधन गर्न विधेयक अघि बढाएको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले प्रदेशसभाको सोमबारको बैठकमा विधेयक सैद्धान्तिक छलफलका लागि सभासमक्ष प्रस्तुत गरे।

छलफलमा प्रदेशसभा सदस्य दल रावलले भाग लिँदै खेलकुद क्षेत्र नागरिकको स्वास्थ्य, अनुशासन र मनोरञ्जनसँग जोडिएको विषय भएकाले यसको वृहत्तर विकास जरुरी रहेको धारणा राखे। उनले विस्तृतमा विधेयक अध्ययन गरेपछि संशोधन दर्ता गर्ने बताए। सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख राजबहादुर शाहीले उक्त विधेयकमाथि संशोधन दर्ता गर्न ७२ घण्टाको समयसीमा प्रारम्भ भएको सूचना दिए।

यसअघि ऐनमा भएका प्रावधानअन्तर्गत जिल्ला खेलकुद विकास समितिको सट्टा ‘जिल्ला खेलकुद विकास परिषद्’, प्रदेश खेलकुद विकास परिषद्को सट्टा ‘कर्णाली प्रदेश खेलकुद विकास परिषद्’ नामकरण गर्न प्रस्ताव गरिएको छ। ऐनमा प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवको पारिश्रमिकसम्बन्धी व्यवस्था उल्लेख थिएन। प्रदेश सरकारले पहिलो संशोधन गर्नका लागि पेश गरेको विधेयकमा सदस्य–सचिवलाई राजपत्राङ्कित प्रथम श्रेणी ११औँ तह (सहसचिवस्तर)को पारिश्रमिक पाउने व्यवस्था प्रस्ताव गरेको छ। नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्