काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल टी-ट्वान्टी क्रिकेट लिग सबैका लागि ठुलो उपलब्धि भएको बताएका छन् ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगको घोषणा कार्यक्रममा बोल्दै कप्तान सन्दीपले यस प्रतियोगिता ठुलो उपलब्धि रहेको र प्रतियोगिता खेल्न उत्साहित रहेको बताएका हुन् ।
‘यो सबैका लागि ठुलो उपलब्धी हो । यो प्रतियोगिता खेल्न हामी धेरै उत्साहित छौँ’, सन्दीपले भने ।
क्यानले बुधबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको आधिकारिक घोषणा गरेको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले प्रतियोगिताको औपचारिक घोषणा गरे ।
कप्तान सन्दीपले नेपाल टी-ट्वान्टी लिगले खेल र खेलाडीको विकास आफुले महशुस गर्ने गरेको बताए ।
यस्ता प्रतियोगिताले खेलाडीलाई आर्थिक रुपमा सहयोग गर्ने र नयाँ खेलाडीलाई मद्दत गर्ने सन्दीपको भनाई छ ।
‘फरक अनुभूति हो । यस लिगले कसरी खेल र खेलाडीको विकास गर्छ भन्ने कुरा महसुश गर्न सक्छु’, सन्दीपले भने, ‘मैले अनुभव गरेको छु, खेलाडीसँग सेयर पनि गरेको छु । आर्थिक रूपमा खेलाडीलाई सहयोग गर्छ । यसले नयाँ खेलाडीलाई पनि मदत गर्छ ।’
नेपालको आधिकारिक टी-ट्वान्टी लिग रहेको प्रतियोगिता असोज ८ गतेबाट सुरु हुनेछ ।
टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुनेछ ।
होम एण्ड अवेको आधारमा हुने लिग ६ टोलीको सहभागिता रहने क्यानले जनाएको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्