एनभीए भलिबल : संगम र धनबहादुर सर्वोत्कृष्ट 

होस्ट खबर ४ जेष्ठ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । संगम महतो र धनबहादुर भट्ट क्षेत्री छैटौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । 

शनिबार सम्पन्न प्रतियोगितामा महिलातर्फ संगम र पुरुषतर्फ धनबहादुर सर्वोत्कृष्ट खेलाडी चुनिए । दुवैले जनही ३५ हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगितामा प्रगतिनाथ र धिरज बस्नेत उदियमान खेलाडी घोषित भए । दुवैले समान १० हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगितामा लोकेश बुढा र जगत सिंह उत्कृष्ट प्रशिक्षक चुनिए । 

यस्तै विधागततर्फ सुनिता खड्का र दुर्गाबहादुर खड्का उत्कृष्ट ब्लकर, निरुता ठगुन्ना र रविन चन्द उत्कृष्ट स्पाईकर, शान्ति थारु र राजेन्द्र विष्ट उत्कृष्ट सर्भर, अरुणा शाही र हरिहजुर थापा उत्कृष्ट सेटर तथा सलिना श्रेष्ठ र भिम गाहा उत्कृष्ट लिवेरो चुनिए । 

छैटौं संस्करणको प्रतियोगिताको उपाधि पुरुष र महिला दुवैतर्फ विभागीय टिम आर्मीले जितेको छ । पुरुष स्पर्धामा आर्मीले हेल्प नेपाल र महिला स्पर्धामा आर्मीले पुलिसलाई हराउँदै समान ६ लाख रुपैयाँ हात पार्यो । 

नेपाल भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगितालाई राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रायोजन गरेको थियो । 
 

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array