काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले मंगलबार हिजो राति साउथह्याम्पटनको सामना गर्न अगाडि धेरैको कौतुलहता थियो, व्यवस्थापक योर्गन क्लोपले कस्तो टिम उतार्नेछ भनेर । एफए कप फाइनलमा चेल्सीलाई टाइब्रेकरमा पराजित गरेयता लिभरपुललाई यो खेल जसरी पनि जित्नु थियो, तर उसलाई आफ्ना प्रमुख खेलाडीलाई आराम दिन पनि उत्तिकै आवश्यक थियो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
त्यस माथि त्यस खेल अगाडि नै टिमका दुई प्रमुख खेलाडीले चोटका कारण नखेल्ने निश्चित भइसकेको थियो, मोहमद सलाह र भर्जिल भान डाइक । नभन्दै क्लोपले एफए कप फाइनलमा खेलको टिमबाट नौ परिवर्तन गरेर सेन्ट मेरिजमा खेलाडी उतारेको थियो । तर यही टिमले साउथह्याम्पटनविरुद्ध उम्दा प्रदर्शन गर्दै जित निकाल्यो ।
![](https://i.dailymail.co.uk/1s/2022/05/18/00/57943539-10827071-Jurgen_Klopp_lauded_his_Ferraris_in_the_garage_after_Liverpool_s-m-61_1652831025378.jpg)
नतिजा प्रिमियर लिगको उपाधिको छिनोफानो अब अन्तिम दिन मात्र हुनेछ । अनि उसको एकै सिजन चार उपाधि जित्ने सपना पनि कायम रह्यो । लिभरपुल यो खेलमा पराजित रहेको भए त म्यानचेस्टर सिटीले मैदानमा नओर्लेर पनि लिग जित्ने थियो । जे होस, साउथह्याम्पटनविरुद्धको लिभरपुलको जित कस्तो रह्यो त ? यसमा क्लोपले खुबै मीठो उत्तर दिएका छन् ।
उनले भनेका छन्, ‘यो त लिभरपुलले ग्यारेजमा फेरारी कार राखे जस्तै हो ।’ फेरारी अर्थात विश्वकै सबैभन्दा महँगा गाडीमध्ये एक । भन्नुको अर्थ के भने लिभरपुलका दोस्रो रोजाईका खेलाडी पनि उत्तिकै तगडा देखिए । तर यी खेलाडीले लिभरपुलका लागि सधैं मौका पाउने पनि कहाँ पाउँछन् । त्यस अर्थमा ‘वेञ्च’ का खेलाडी बलियो हुनुले लिभपरपुल कति धनी छ, त्यो त देखाउँछ नै ।
![](https://i.dailymail.co.uk/1s/2022/05/17/23/57943933-0-image-a-5_1652825919828.jpg)
–डेली मेलको सहयोगमा ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्