आरसी ३२ को पहिलो हार

होस्ट खबर ४ जेष्ठ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं ।  आरसी ३२ फुटबल एकेडेमीले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा पहिलो हार व्यहोरेको छ ।

एन्फा कप्लेक्स सातदोबाटोमा बुधबार आरसी ३२ लाई प्लानिङ ब्वाइज युनाईटेडले ३-१ गोल अन्तरले हराएको हो ।

प्लानिङको जितमा फागुराम थारुले ह्याट्रिक गोल गरे ।

आरसी ३२ का विवेक सन्तोषीले एक गोल फर्काए ।

यस हारसँगै आरसी ३२ ले ८ खेलमा १९ अंक जोडेको छ ।

आरसी ३२ शीर्ष स्थानमा रहेको छ ।

प्लानिङ ८ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

अर्को खेलमा पुल्चोक स्पोर्ट्स क्लबले विरगंज युथ एकेडेमीलाई ४-० ले हराएको छ ।

पुल्चोकको जितमा सदम मन्सुर, स्यारब लो तामाङ, गोविन्द बहादुर थापा र सागर थिङले एक एक गोल गरे ।

पुल्चोकले ८ खेलमा ८ अंक जोडेको छ ।

विरगंजले ८ खेलमा ४ अंक जोडेको छ ।

‘सी’ डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिगका शीर्ष दुई टिम ‘बी’ डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array