दुर्गा प्रसाईंसहित ७ जनालाई जेल चलन, ३२ जना धरौटीमा रिहा (नामसहित)

होस्ट खबर ३० जेष्ठ २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ : जिल्ला अदालत काठमाण्डौले चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

थुनामा पठाइएकामा प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङ छन् । अदालतले अरू ३२ जनालाई धरौटीमा छोड्न आदेश दिएको छ ।

न्यायाधीश धु्रवराज कार्कीको इजलासमा हिजो दिउँसो थुनछेक बहस सकिएपछि मध्यरातमा आदेश आएको हो ।

चैत १५ गते प्रसाईंको नेतृत्वमा काठमाण्डौको तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा दुई जनाको ज्यान गएको थियो । निजी घर, सरकारी गाडीसँगै जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्