सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘सुन्दर कर्णाली’ सस्थाले कर्णालीका महिलाहरूलाई लक्षित गर्दै स्तन क्यान्सरसम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

एनआरएनए , नारी निकुञ्ज अष्ट्रेलियाको आर्थिक सहयोगमा संचालन हुन लागेको उक्त स्वास्थ्य शिविरको सहजीकरण माया हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. (माया नर्सिङ्ग होम)ले गर्नेछ।
आयोजक संस्था ‘सुन्दर कर्णाली’का सस्थापक अध्यक्ष स्व। डा। सन्जु खड्काको दोस्रो स्मृतिमा संचालन हुने लागेको उक्त स्वास्थ्य शिविर यहि जेठ ३० र ३१ गते वीरेन्द्रनगर–स्थित ‘माया हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। (माया नर्सिङ्ग होम)’ मा हुने आयोजक सस्था सुन्दर कर्णालीले जानकारी दिएको छ ।
उक्त शिविरमा नेपालकै पहिलो स्तन क्यान्सर विशेषज्ञ डा। बानिरा कार्कीले स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नेछिन् ।

शिविरमा महिलाहरुको स्तनमा गाठा गुठी भएमा, लामो समयसम्म स्तनको निको नभएका घाउ भएका महिलाहरू तथा स्तन क्यान्सरको शंका भएकाहरूले विशेषज्ञ डा।कार्कीसँग निशुल्क जाँच गराउन सक्नेछन्। साथै, आवश्यक परेकालाई निशुल्क मेमोग्राफी र भिडियो एक्सरे,एफ।यान।एसी। सेवा पनि प्रदान गरिने छ ।
शिविरमा पुराना स्तन क्यान्सर सम्बन्धी बिरामीहरूले समेत चेकजाँच गराउन सक्ने व्यवस्था गरिएको छ।
आयोजक संस्था सुन्दर कर्णालीले सबै सम्बन्धित महिलाहरूलाई स्वास्थ्य जाँचका लागि समयमै उपस्थित हुन अनुरोध गरेको छ।












प्रतिक्रिया दिनुहोस्