आईपीएल फाइनल आज, उपाधिका लागि पन्जाब र बैंग्लोर भिड्दै

होस्ट खबर २० जेष्ठ २०८२, मंगलवार
1 Min Read
Aa

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनलमा आज पञ्जाब किंग्स (पीबीकेएस) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) भिड्दैछन्। खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ पौने आठ बजे सुरू हुनेछ। लिगले तीन वर्षपछि नयाँ च्याम्पियन पाउनेछ।

आईपीएलले अन्तिम पटक २०२२ मा नयाँ च्याम्पियन पाएको थियो, जब गुजरात टाइटन्सले फाइनलमा राजस्थानलाई पराजित गरेको थियो। बैंगलोर चौथो पटक र पञ्जाब दोस्रो पटक फाइनलमा पुगेका हुन्, तर यी दुई टोली पहिलो पटक फाइनल भिड्दैछन्।

बैंगलोरले २००९, २०११ र २०१६ मा फाइनल हारेको छ भने पञ्जाबले २०१४ मा एक मात्र फाइनल हारेको छ।

आईपीएलको इतिहासमा हालसम्म पञ्जाब र बैंगलोर बीच ३६ खेल खेलिएका छन्। दुवैले १८/१८ खेल जितेका छन्। दुवै टोली नरेन्द्र मोदी स्टेडियममा दोस्रो पटक भिड्नेछन्।

दुवैले यस सिजनको क्वालिफायर(१ मा पनि भिडेका थिए, त्यसपछि बैंगलोरले खेल ८ विकेटले जितेको थियो। यो सिजनमा यी दुई बीचको चौथो खेल हुनेछ। बैंगलोरले २ र पञ्जाबले १ जितेको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्