सुर्खेत : पछिल्लो पाँच बर्षसम्म सुर्खेतको गुर्भाकोट नगरपालिकाभित्र ८ वटा स्थानीय सडक कालोपत्रे सम्पन्न भएको छ । चालू आर्थिक बर्षमा ४ वडा स्थानीय सडक कालोपत्रे काम सूरु भएको छ । नगरपालिकाको बजेट, प्रदेश र संघीय बजेटबाट नगरभित्रका १२ सडकमा कालोपत्रे काम हुँदा ८ वटा सडकको कालोपत्रे पूर्ण सम्पन्न भएको छ, भने ४ वटा सडकमा कालोपत्रेको काम चलिरहेको छ । गुर्भाकोट नगर प्रमुख हस्त पुनका अनुसार २०७६ सालपछि मेहेलकुनाबजार देखि बडाखोली ६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।

प्रदेशको पुर्वाधार विकास निर्देशनालयको बजेटबाट यही सडक बडाखोलीबाट लेकबडाखोलीसम्म कालोपत्रेको तयारी छ । यस्तै सडक विकास मन्त्रालयको बजेटबाट गुर्भाकोट १४ को भेरीनदि जहरेपुल हुँदै नगरपालिका आपँगैरा लेखसुर्मा २० किलोमिटर सडक अन्तर्गत वडा नम्बर १२ स्थित मदनभण्डारी सडकसम्म कालोपत्रे सम्पन्न भएको छ । नगरपालिकाको बजेटबाट मेहेलकुना बजारबाट मालपोत नापी कार्यालय जाने सडक र बजारबाट आँखा अस्पताल हुँदै मालपोत नापी जाने सडक यस्तै वडा नं. ९ को बोटेचौर बजारको भित्री सडक हुँदै मदनभण्डारी सडक कालोपत्रे सम्पन्न भएको छ । नगरकै बजेटबाट बजार पुल हुँदै नगरपालिका आउने सडक कालोपत्रे भएको छ । नगरको कालोपत्रे मेहेलकुना बजार नगरपालिका आउने सडक । मदनभण्डारी सडक अन्तर्गत वडा नं. र १० को भेडाबारीदेखि गुमीसम्म ११ किलोमिटर सडक र बोटेचौरबाट मालारानी काल्चे ९ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । शहरी विकास मन्त्रालयको बजेटबाट बडाखोली स्कुलदेखि बजारसम्मको क्षेत्र सडक कालोपत्रे सम्पन्न भएको छ । चालू आर्थिक बर्षमा नगरभित्र ५ वटा सडकमा कालोपत्रे चलिरहेको छ । गुर्भाकोट नगर उपप्रमुख मैना विकका अनुसार नगरभित्र अहिले वडा नं. १४ स्थित भेरीको जहरेपुल गुमी हुदै ११ किलोमिटर सिम्ता सडक खण्ड सडक डिभिजन कार्यालयको बजेटबाट कालोपत्रे काम सूरु भएको छ । यस्तै छिन्चु जाजरकोट सडकको चारलेन सडक अन्तर्गत गुर्भाकोटभित्र पोखरेसम्म ११ किलोमिटर सडक कालोपत्रे गर्ने गरि काम जारी छ ।
उपमयेर विकका अनुसार नगरको बजेटबाट ईलाका प्रशासन जाने सडक र गुमी कृष्णनगर देखि विशाल चोकसम्म नगरको बजेटबाट सडक कालोपत्रे सूरु भएको छ । यस्तै योजनामा रहेकोे कालोपत्रे छिन्चु घारीवन सडक अन्तर्गत गुर्भाकोट १ को काल्चेबाट ५ किलोमिटर सडक ठेकेदार लापरवाही कारण काम रोकिएको भएपनि अहिले काम सूरु भएको छ । चालू अवस्थामा रहेका सडक कालोपत्रे पनि असार मसान्तसम्म सम्पन्न हुने नगरपालिकाको भनाई छ ।












प्रतिक्रिया दिनुहोस्