मुम्बई : आईपीएलको आईतवार राति खेलिएको ३८औं खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई ९ विकेटले हराएको छ । यो १८औं सीजनमा मुम्बईको लगातार तेस्रो जीत हो ।

वानखेडे स्टेडियममा मुम्बईले पहिले बलिङ रोजेको थियो । चेन्नईले ५ विकेट गुमाएर १७६ रन बनायो । मुम्बईले १६औं ओभरमा मात्र १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
मुम्बईका रोहित शर्मा र सूर्यकुमार यादव दुबैले अर्धशतक बनाए । रोहितले ७४ र सूर्यले ६८ रन बनाए । जसप्रीत बुमराहले २ विकेट लिए । चेन्नईका लागि शिवम दुबेले ५० र रवीन्द्र जडेजाले ५३ रन बनाए । जडेजाले एक विकेट पनि लिए । चेन्नईले यस सीजनमा छैटौं पटक हार व्यहोरेको छ भने अहिलेसम्म केवल २ खेलमात्र जितेको छ ।












प्रतिक्रिया दिनुहोस्