काठमाडौं : इन्डियन प्रिमियर लिग ९आईपीएल०मा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ। २ सय ४ रनको लक्ष्य गुजरातले १९ दशलमव २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।

जोस बटलरको अर्धशत बनाएको खेलमा तेस्रो विकेटका लागि सेर्फाने रुथरफोर्डसँग १ सय १९ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए। बटलरले ५४ बलमा ११ चौका र ४ चेकमा नटआउट ९७ रन बनाए। ३४ बल खेलका रुथरफोर्डले ३ छक्का र १ चौकामा ४३ रन बनाए।
बटलरले ओपनर साइ सुदर्शनसँग दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरे। सुदर्शनले ३७ रन बनाए। अर्का ओपनर तथा कप्तान शुभमन गिल ७ रनमा आउट भए। दिल्लीका मुकेश कुमार र कुलदीप यादवले समान १ विकेट लिए।
त्यसअघि दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३ रन बनायो। ओपनर अभिषेक पोरेल १८ रन बनाएर आउट भए। २८ रनमा केएल राहुल प्रसिद्ध कृष्णाको बलमा एलबिडब्लु धरापमा परे। यसपछि करूण नायर ३१ रनमा पबिलियन फर्किए। कप्तान अक्षर पटेल र ट्रिस्टान स्टब्सले ५३ रनको साझेदारी गरे।
ट्रिस्टान ३१ रनमा र अक्षर पटेल ३९ रनमा आउट भए। छैटौं क्रमका आशुतोष शर्मा १९ बलमा २ चौका र ३ छक्का सहित ३७ रन जोडे। बलिङमा प्रसिद्ध कृष्णाले ४ विकेट लिए। मोहम्मद सिराज, अर्सद खान, साई किशोर र इशान्त शर्माले समाब १ विकेट झारे।
सातौं खेलमा पाँचौं जितपछि १० अंकसहित गुजरातले शीर्ष स्थानमा पुनरागमन गरेको छ। समान खेलमा दोस्रो स्थानको दिल्ली र तेस्रो स्थानको पन्जाब किङ्सको पनि समान १० अंक छ। गएराति नै भएको अर्को खेलमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई २ रनले हराउँदै तालिकाको चौथो स्थानमा उक्लिएको छ।
जितको लागि १ सय ८१ रनको लक्ष्य पछाएको राजस्थान २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७८ रनमा रोकियो। राजस्थानको यो छैटौं हार हो। ४ अंकसहित तालिकाको आठौं स्थानमा रहेको छ।












प्रतिक्रिया दिनुहोस्