सुर्खेत : दैलेखको दुल्लुमा चट्याङ खस्दा एक युवकको मृत्यु भएको छ । चट्याङ खस्दा दुल्लु नगरपालिका–६ का गगन खड्काको मृत्यु भएको हो । शनिवार साँझ गोठ भित्र भैंसी बान्ने क्रममा घर नजिकै चट्याङ खस्दा बेहोस भएका खड्काको उपचारका लागि दुल्लु अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

दुल्लु नगरपालिका–६, मेला दैलेख स्थायी ठेगाना भएका १८ वर्षीय खड्का जारी एसइइ परीक्षामा दिन केही दिन अघि मात्रै घर आएका आफन्तले जानकारी दिएका छन् । ‘बस्तुभाउ गोठ भित्र बान्ने क्रममा घर नजिकै चट्याङ खसेछ,’ ईलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख एवम् वरिष्ठ सई श्याम अर्यालले भने, ‘बेहोस भएका उनको होस् नआएरै उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।’












प्रतिक्रिया दिनुहोस्