सुर्खेतमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला

होस्ट खबर २३ भाद्र २०८१, आईतवार
0 Min Read
Aa

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा एकजना महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ । शनिवार वीरेन्द्रनगर–११ झुप्रा खोलामा नाम, थर र ठेगाना नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।

शव फेला परेको छ भन्ने खबर प्राप्तभएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक अजय डांगीको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्