काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन ९ गते उडान गर्ने क्रममा दुर्घटना भएको आन्तरिक उडानको वायुसेवा कम्पनी सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार ९२० भदौ०मा वेवसाइटमार्फत सौर्य एयरलाइन्स दुर्घटनाको प्रारम्भिक प्रतिवदेन सार्वजनिक गरको छ ।
उक्त प्रतिवदेन अनुसार जहाज दुर्घटना हुनुको कारणका रुपमा जहाजको तौल र गति नमिलेको, अपरेसन र ग्राउन्ड ह्यान्डलिङ म्यानुअल अनुसार जहाजमा सामान राख्नुपर्नेमा त्यसको पालना नगरेको पाइएको कारण जहाज दुर्घटना भएको उल्लेख छ ।
निष्कर्ष देखाएको छ । उक्त प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ० को नियमानुसार हरेक जहाज दुर्घटनाको हुँदा छानविन समिति बनाउनुपर्ने र उक्त समितिले बनाएको प्रतिवेदनलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आईकाओ०मा पाठाउनुपर्छ । त्योभन्दा अगाडि दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवदेन सार्वजनिक गर्नेसम्मको व्यवस्था छ । सोही व्यवस्था अनुसार पर्यटन मन्त्रालले सौर्य एयर दुर्घटनाको पनि प्रारम्भिक प्रतिवदेन वेवसाइटमार्फत सार्वजनिक गरेकोछ ।
प्रारम्भिक प्रतिवेदन अनुसार दुर्घटनाको एक सम्भावित कारणमा अपरेटर ९सौर्य एयरलाइन्स० ले अपरेसन र ग्राउन्ड ह्यान्डलिङ म्यानुअल अनुसार जहाजमा सामान राख्नुपर्नेमा त्यसको पालना नगरेको पाइएको छ ।
यस्तो म्यानुअल नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत गराउनुपर्छ । सौर्यसँग त्यस्तो म्यानुअल भए पनि त्यसको पालना नभएको देखिएको छ । उक्त म्यानुअलमा सामान जोख्ने, त्यसलाई लोड गर्ने र जहाजभित्र कसरी सुरक्षित राख्ने भन्ने उल्लेख हुन्छ । उक्त जहाजले कार्गोसहित लोड बोकेर उड्दा बाहिरको तापक्रम, विमानस्थलको उचाइ, लोडसहित आधारमा टेकअफका बेला लिने भी स्पीडको गतिको क्याल्कुलेसन हुन्छ। त्यसलाई क्याल्कुलेसन नगरी जहाजले टेकअफ लिएको पनि प्रारम्भिक अध्यन प्रतिवेदनमा उल्लेख छ । जाँच आयोगले प्राधिकरणबाट मर्मतका लागि दिने अनुमतिमा उल्लेख नियमहरूको पूर्णपालना हुन नसक्दा भएको कमजोरीले जहाज दुर्घटना भएको पनि प्रतिवदेनमा उल्लेख छ ।
जाँच आयोगको प्रारम्भिक प्रतिवेदनमा वायुसेवा कम्पनीहरूले फेरी फ्लाइटमा गर्ने लापरबाहीतर्फ संकेत गरिएको छ । यसमा नागरिक उड्डयन प्राधिकरणले बेवास्ता गरेको देखिएको छ । यो विषयमा थप अनुसन्धान गर्नुपर्ने उक्त प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
सौर्यको दर्ता नम्बर ९एन–एनएमई कलसाइनको भएको सीआरजे–२०० सिरिजको जहाज टेकअफ गर्नासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा एक जना क्याप्टेन मनिषरत्न शाक्यलाई बाहेक जहाजमा सवार १८ जनाको निधन भएको थियो ।
उक्त जहाज उडेको २० सेकेन्डमै दाहिनेतर्फ कोल्टिँदै जमिनमा रहेको कन्टेनरमा ठोकिन पुगेको थियो । जहाज दुर्घटनाको १ मिनेट ४० सेकेन्डमै दमकल घटनास्थल पुगेको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनले सबै वायुसेवा कम्पनीलाई कार्गो उडान सम्बन्धी म्यानुअल पालना गर्न सुझाव दिएको छ । ननसेडुल फ्लाइट र फेरी फ्लाइटका नियमहरूको नियमन दुरुस्त बनाउन र नियम समेत रिभ्यु गर्न प्रतिवेदनले प्राधिकरणलाई सुझाव दिएको छ ।












प्रतिक्रिया दिनुहोस्