अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आउन दुई दिन लाग्ने

होस्ट खबर १४ भाद्र २०८१, शुक्रबार
1 Min Read
Aa
klx/f]n] Iflt k'¥ofPsf] b}vf]nfsf] k'n dfGd-sfnLsf]6_,!# ebf}+M s0ff{nL /fhdfu{cGt{ut sfnLsf]6 / b}n]v hf]8g] b}vf]nf dflysf] k'ndf lxhf] /flt em/]sf] klx/f]n] k'ndf Iflt k'¥ofPkl5 cj?4 ePsf] ;8s . tl:a/M lddaxfb'/ /fjn÷/f;;

जुम्ला : अविरल वर्षाले अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउन दुई दिन लाग्ने भएको छ। सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत गएराति आएको अविरल वर्षाले कालिकोटको गगनेखोला र दहीखोलामा पहिरोले सडक पूरै भत्किएपछि पुनःनिर्माण गर्न दुई दिनसम्म लाग्ने सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए।

कार्यालयबाट दुई जना सव–इञ्जिनीयर र कामदार अवरुद्ध ठाउँमा खटाएका छौँ । सडक सञ्चालनका लागि सुर्खेत सडक डिभिजन कार्यालयबाट थप सहयोग माग गरिएको छ। अहिले मेसिनको सहयोगमा पहिरो पन्छ्याउने काम भइरहेको जिटीले बताए।

यो वर्षमा साना ठूला गरी राजमार्गमा करिब ४० भन्दा बढी पटक पहिरा जाँदा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। राजमार्ग बन्द हुँदा जुम्ला, मुगु र कालिकोटबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौं जाने सवारीसाधनबीच बाटोमै रोकिँदा यात्रुहरु अलपत्रमा परेका छन्।

वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो गएपछि माथिल्लो कर्णालीका स्थानीयवासीलाई दुःख हुने गरेको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्