सुर्खेतमा लाखे जात्राको रौनक (तस्बीरहरु)

होस्ट खबर १२ भाद्र २०८१, बुधबार
2 Min Read
Aa
तस्बिर सौजन्य: अमित रावल

सुर्खेत : सुर्खेतमा लाखे जात्रा मनाइएको छ। सुर्खेतको मुख्य बजार वीरेन्द्रनगरमा सोमबार र मंगलबार दिनभर लाखे नाच र रथ यात्रा प्रदर्शन गरिएको हो। बिगतका बर्समा वीरेन्द्रनगर नगरपालिका ९ नं. वडाको लाटीकोइलीबाट विगतमा जस्तै यस वर्ष पनि जात्राको सुरुवात गरिएको थियो । तर यस वर्ष भने वीरेन्द्रनगरका धेरै जस्तो वडाबाट लाखे जात्र निकालिएको थियो । वडा नं. १,४,६,८ र ९ लगाएतबाट लाखे जात्रा निकालिएको थियो । लाखे नाच हेर्न वीरेन्द्रनगर बजार तथा चोकमा मानिसहरूको ठूलो घुइँचो नै थियो । लाखे जात्र राधाकृष्णा मन्दिरलगायत आधा दर्जन ठाउँबाट श्रीकृष्ण रथ यात्रा निकालिएको थियो।

विषेशगरी नाग पञ्चमीका दिनदेखि विधिवत रूपमा लाखे नाच नचाउँन शुरु गरिन्छ । नाग पञ्चमीको दिनदेखि विधिवतरूपमा उद्घाटन शुरु गरेर नाचलाई श्रीकृष्ण जन्माष्टमीका दिनसम्म निरन्तरता दिने गरिएको छ । यसैबीचमा पितृपक्ष गाईजात्रा पर्वपनि पर्दछ ।

अष्टमीका दिन दिनभरको प्रदर्शनीपश्चात राति विधिवत् रूपमा नाचलाई विसर्जन गर्ने चलन छ । टाउकोमा मुकुट लगाएर देवी–देवताका पहिरनमा परम्परागत् बाजागाजासहित नाच्दै बजार र चोक परिक्रमा गर्दा सबै उमेर समूहका मानिसले मनोरञ्जन प्राप्त गर्दछन् ।

नेवार समुदायको संस्कृतिमा पर्ने लाखे नाच पछिल्लो समय सबै समुदायको सद्भाव पर्वको रूपमा लोकप्रिय बन्दै गएको छ । सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देश नेपाल, भूगोलको दृष्टिले विश्वमा सानो भए पनि प्राकृतिक, धार्मिक र सांस्कृतिक रुपमा विश्व मै धनी फरक पहिचान भएको मुलुकमा पर्दछ ।

तस्बिर सौजन्य: अमित रावल 

 

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्