गायक प्रकाश तिमिल्सिनाको निधन

होस्ट खबर २७ श्रावण २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं : गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। घरमै अचेत अवस्थामा फेला तिमल्सिनाको शनिबार साँझ निधन भएको हो । घरमै बेडमा अचेत अवस्थामा फेलाका उनलाई परिवारले पाटन अस्पताल पुर्‍याएको र अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

गायक तिमल्सिना भैँसेपाटीमा बस्दै आएका थिए । तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीत लोकप्रिय छन्। तिमिल्सिनाको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्