सुर्खेत : शुक्रबार बिहान सामाजिक सञ्जालहरुमा काठमाडौँदेखि सुर्खेत आउन लागेको ‘जहाजभित्र यात्रुले भाँडभैलो’ गरेपछि उड्न लागेको जहाज फकाइएको भन्दै चर्चा भयो ।

श्री एयरलाइन्सले फेसबुक पेजमा समेत यात्रुहरुलाई दोष देखाइएको र आफ्नो कुनै कमजोरी नरहेको भन्दै प्रष्टिकरण दिएको छ ।तर, उक्त जहाजमा चढेर सुर्खेत आइपुगेका यात्रुहरुले भने आफ्नो कमजोरी लुकाउन दोष यात्रुमाथि थुपारेर कर्णालीको बदनाम गरेको भन्दै आपत्ति जनाएका छन् । यात्रु युवा वैज्ञानिक राजेन्द्र विष्टले आफु घरमा पुगेर फेसबुक हेर्दा यात्रुमाथि दोष देखाइएको देखेर अचम्मित भएको बताए ।
उनले भने, ‘आज बिहान साढे सात बजे सुर्खेत उडान तालिका रहेको श्री एयरलाइन्सको विमानमा प्राविधिक सामस्या आएर धावनमार्गमा पुगेर फर्काइएको र यात्रुहरुलाई पोखराबाट आएको अर्को विमानमा स्थान्नान्तरण गरेर सुर्खेत पुर्याइएको हो । म स्वयम् प्रत्यक्ष्यदर्शी र त्यही विमानको एक यात्रु हुँ ।’उनका अनुसार उडान ७ बजे नै थियो । तर सुर्खेत विमानस्थल बन्द रहेको भन्दै एक घण्टा ढिलो भयो । त्यसपछि साढे ८ बजेतिर हो, सायद, बोर्डिङ पास गराएर जहाजमा बसेको उनको भनाइ छ । त्यसपछि ५ मिनेटपछि ग्राउण्डमै घुमाएको र त्यसपछि एयर होस्टेजले चार्चिङ्ग इन्डिेकेटरमा समस्या आएका कारण पुनः धावनमार्गमा फकाउँदै छौँ भनेर एक्कासि घुमाएको उनले बताए ।
‘त्यसपछि त्यहाँ ५ मिनेट रोकायो, उत्रेर गाडीमा बस्न भनियो,’ उनले भने, ‘गाडीमा १५ मिनेट रोक्यो । त्यसबेला गाडी चालकसँग मैले सोध्दा तपाईँहरुलाई पोखराबाट आएकोले लान्छ होला भने । लगत्तै पोखराबाट अर्को प्लेन आयो । गाडीले त्यहाँ लग्यो, त्यसमा चढ्नुहोस् भन्यो ।’त्यसपछि पुनः ट्राफिक व्यवस्थापनको कारण भन्दै अर्को जहाजमा पनि ५ मिनेट रोकाइएको र त्यसपछि सहज उडान भएर सुर्खेत आएको विष्टले बताए । जहाजभित्र कुनै होहल्ला नभएको र सुर्खेत आएर हेर्दा यात्रुमाथि दोष लगाएर प्रचार भएको उनको भनाइ छ ।
‘प्राविधिक कमजोरी हो भनेर त्यहाँभित्र नै भनिएको छ, यात्रुबिच केही झगडा नै भएको छैन, अहिले कर्णालीका मान्छेको बदनाम गरियो,’ विष्टले भने, ‘यो राम्रो भएन । सायद उसले आफ्नो बदनाम होला भनेर प्यासेन्जरलाई आरोप लगायो ।’ अहिले हवाई यातायातबारे अविश्वास पैदा भएकाले पनि त्यसो गरिएको हुनसक्ने विष्ट बताउँछन् ।उक्त विषयबारे श्री एयरलाइन्सका प्रवक्ता, कर्पोरेट म्यानेजर अनिल मानन्धरसँग बुझ्दा आफुलाई खासै जानकारी नभएको जवाफ दिए । जबकि श्री एयरलाइन्सको फेसबुक पेजमा उनकै नाम उल्लेख गरेर यात्रुहरुबिच विवाद भएको भनेर लेखिएको छ ।
उनले भने, ‘मलाई पनि थाहा भएन, एयरपोर्टकै मान्छेले समाचार दिएको हो, हामीले यात्रुबिच झगडा भएको भनेको पनि छैन ।’ साथै उनले आफ्नो प्राविधिक कमजोरी नलुकाएको र सानोतिनो समस्याले जहाज फर्काएको बताए । मानन्धरले आफुहरुले झगडा, विवाद भएको भनेर आफुहरुले केही नभनेको बताए ।












प्रतिक्रिया दिनुहोस्