सुर्खेत : सुर्खेत वीरेन्द्रनगरमा एक युवकको सव भेटिएको छ। वीरेन्द्रनगर नगरपालीका वडा नं-६ स्थित नेरा मा.बि. (डाँडा स्कुल) को दक्षिण पट्टीको चौरमा उक्त यवक सव भेटिएको हो ।

जिल्ला प्रहरीका अनुसार सव अन्दाजी २० बर्षका नवीन सिंहको रहेको छ । मृतकको स्थाई ठेगाना जाजरकोट छेडागाड नगरपालिका वडा नं-३ हाल वीरेन्द्रनगर-६ पिपल चौतारामा बुबा होटल संचालन गर्दै आएको रहेको प्रहरिले वताएको छ । प्रहरीद्वारा घटनाको सत्य तथ्य अनुसन्धान भेइरहेको छ ।












प्रतिक्रिया दिनुहोस्