काठमाडौं : काठमाडौंको प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने डोमेस्टिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् ।

सुर्खेतबाट काठमाडौं उडेको जहाजले मौसम गडबडी भएपछि काठमाडौं लगभग आईसक्दा फर्किएर भैरहवामा अवतरण गरेको छ ।
सुर्खेतबाट ३ बजे उडेको उडान नम्बर ग्द्धज्ञघट को कल साइन N-AMY जहाज भैरहवा अवतरण भएको हो ।
यस्तै अपराह्न भारतको मुम्बईबाट काठमाडौं आएको इन्डिगो एयरलाइन्सको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि भारतको लखनऊ ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।













प्रतिक्रिया दिनुहोस्