पूर्वराजा ज्ञानेन्द्र शाह आज भैरहवा जाँदै

होस्ट खबर ८ पुष २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमाका लागि आज भैरहवा जाँदैछन्। पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरूको भ्रमणका लागि पूर्वराजा शाह भैरहवा जान लागेका हुन् ।

पूर्व राजा शाहको सचिवालयका अनुसार पत्नी कोमल शाह पनि भ्रमणमा सहभागी छिन् । पूर्वराजाको भैरहवा बसाईको समय अझै यकिन भइसकेको छैन । पूर्व राजा शाह केही साता भैरहवा बसेर मध्य क्षेत्रको भ्रमण अन्तर्गत सिमरा जाने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा पूर्वराजाले आफ्नो शुभचिन्तकलाई भेटघाटन गर्नुका साथै केही धार्मिक स्थलको समेत अवलोकन गर्ने बताइएको छ । केही समयअघि पूर्वराजाले झापाको भ्रमण गरेका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्