जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षा स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसी सङ्कायमा डाक्टरी पढाइ हुने भएको छ।

चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष ०८०/८१ का लागि यही मंसिर १९ गते शैक्षिक कार्यक्रमको सिट बाँडफाँट गरेपछि प्रतिष्ठानमा पनि स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसीतर्फको चिकित्सा शिक्षाको अध्ययन–अध्यापन हुने भएको हो।
यसका लागि चिकित्सा शिक्षा सेवा आयोगले ११ सिट निर्धारण गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए।
उनका अनुसार बाँडफाँट गरिएका सिटमध्ये ८ खुला, २ सरकारी र १ विदेशी गरी प्रतिष्ठानलाई ११ सिट निर्धारण गरिएको छ।
प्रतिष्ठानले मास्टर अफ पब्लिक हेल्थ कार्यक्रमको पब्लिक हेल्थ ९जनस्वास्थ्य० विषयमा जनरल प्राटिक्स एण्ड इमर्जेन्सी मेडिसिन ९एमडीजिपी एण्ड इएम० र अर्थोपेडिक १र१, पेडियाट्रिक्समा २, जनस्वास्थ्यमा ५ र क्लिनिकल फार्मेसीमा २ सिट पाएको छ।
‘लामो समयको प्रयासपछि प्रतिष्ठानले जनस्वास्थ्यतर्फ एमडीरएमएस जनशक्तिको अध्ययन–अध्यापन गर्ने अवसर पाएको छ,’ उपकुलपति रावलले भने, ‘हिमाली जिल्लाका नागरिकका लागि यो ठूलो उपलब्धि हो।’
चिकित्सा शिक्षाको स्नातकोत्तर तहको जनस्वास्थ्य विषयमा हुने डाक्टर पढाइ प्रतिष्ठान र हिमाली जिल्लाका लागि कोसेढुङ्गा साबित हुने उनको भनाइ थियो।
प्रतिष्ठानले यसअघि पनि स्नातकोत्तर तहको जिपी, अर्थोपेडिक, मेडिसिन, एनेस्थेसिया र पेडियाट्रिक्स जनशक्तिको पढाइ सञ्चालन गरेको थियो।












प्रतिक्रिया दिनुहोस्