काठमाडौं : प्रतिव्यक्ति सावर्जनिक ऋणको भार ८० हजार ८ सय १७ रुपियाँ पुगेको छ । सरकारले लिएको सार्वजनिक ऋण साढे २३ खर्ब रुपियाँ नाघेसँगै ऋणको भार पनि बढेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार नेपालको सार्वजनिक ऋण साढे २३ खर्ब माथि पुगेको छ । चालु आर्थिक बर्ष २०८०–०८१ को पहिलो त्रैमासिकसम्ममा (साउनदेखि असोजसम्ममा) सरकारले १ खर्ब ६ अर्ब ७८ करोड रुपैयाँ सार्वजनिक ऋण थपेको हो । यस अवधिमा सरकारले ५१ अर्ब ५४ करोड रुपैयाँ ऋण भने भुक्तानी गरेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार असार मसान्तसम्म नेपालको ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो । यसमा साउन, भदौ र असोज तिन महिनामा सरकारले कुल १ खर्ब ६ अर्ब ७८ करोड ८० लाख रुपैयाँ ऋण थपेको छ । सोही अवधिमा ५१ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ ऋण भुक्तानी गरेको छ ।
नेपालको आन्तिरिक ऋण ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख रुपैयाँ र बाह्य ऋण ११ खर्ब ११ अर्ब २ करोड ३१ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब ५१ अर्ब ५९ करोड ५२ लाख माथि पुगेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।












प्रतिक्रिया दिनुहोस्