कर्णालीबाट श्रम स्वीकृति लिनेको संख्या बढ्यो

होस्ट खबर २६ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ : पछिल्लो समय कर्णाली प्रदेशबाट वैदेशिक रोजगारका लागि विदेसिनेको संख्या दैनिक बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७९/८० मा नयाँ श्रम स्वीकृति लिनेको कूल संख्या तीन हजार तीन सय रहेको श्रम तथा रोजगार कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले आर्थिक वर्ष २०७५/७६ मा नौ सय १९ पुरुष र महिला सात जनाले पुनः श्रम स्वीकृति लिएका जानकारी दिइन् । उनका अनुसार २०७६/७७ मा एक हजार नौ सय ९० पुरुष र ३६ महिला , २०७७/७८ मा छ सय ६७ पुरुष र आठ महिला र २०७८/७९ एक हजार पाँच पुरुष र २६ महिलाले श्रम स्वीकृति लिएका थिए ।

आफ्नो देशमा भन्दा अन्य देशमा काम गर्न बढी रुचाउने भएकाले गर्दा पनि विदेसिनेको संख्या बढ्दै गएको उनले बताइन् । श्रम तथा रोजगारका लागि नेपालबाट साउदी, कतार मलेसिया, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्स ९यूएई०, क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हङ्गेरी, माल्दोभा र बेलारुसमा जानेको संख्या बढिरहेको जनाइएको छ ।

उनले भनिन्, ‘उच्च शिक्षामा व्यवसायी तथा सीपमूलक शिक्षा अनिवार्य गर्नुपर्छ ।’ कर्णालीको सल्यानबाट धेरै श्रम तथा रोजगारका लागि जाने गरेको उनले बताइन् । वीरेन्द्रनगर-१ का भद्र सुनारले सरकारले स्वदेशमा नै रोजगारको व्यवस्था मिलाउन सकेमा विदेसिनको संख्या कम हुने बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्