बेलायतमा नेपाली नर्स लैजानका लागि आवेदन खुला

होस्ट खबर ५ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : नेपाल सरकार र बेलायत सरकारबीच भएको सम्झौताअनुसार बेलायतमा नर्स पठाउनका लागि आवेदन खुला गरिएको छ । सुरुवाती चरणमा १०० जना नर्सलाई बेलायत लैजाने गरी दुई सरकारबीच जी टू जी सम्झौता भएको छ।

आवेदन फारम जुलाई (आज)देखि अक्टुबर १९ सम्म भर्न सकिने छ। छानिएका नर्सहरुलाई बेलायत जान पैसा लाग्ने छैन। नेपाल सरकारबाट सम्बन्धन प्राप्त संस्थाबाट स्टाफ नर्स, स्नातक र स्नातकोत्तर पास गरेका नर्सले आवेदन दिन सक्नेछन्।

कम्तीमा २ वर्ष (हालै) दर्तावाल हस्पिटलमा काम गरेको अनुभव भएको हुनुपर्छ । २०१९ भन्दा अगाडिको अनुभव भएकाहरूले आवेदन दिन सक्ने छैनन्।

भाषा परीक्षा (आइएलटिएसमा) कम्तीमा सात स्कोर र लिखितमा कम्तिमा ६.५ ल्याएको हुनुपर्छ । ओइटी गरेको हकमा भने रिडिङ, लिस्निङ र राइटिङमा ग्रेड बी आएको हुनुपर्नेछ।

 

 

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्