वीरेन्द्रनगर मुलपानीचोकबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

होस्ट खबर २५ असार २०८०, सोमबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मुलपानीचोकबाट लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ३ का ३१ वर्षका बिबेक गिरी र सोहि ठाँउमा बस्ने १७ बर्षकी रोशनी वली रहेका छन् ।

उनिहरुलाई आईतबार प्रहरी चौकी बाङ्गेसिमलबाट खटिएको ५ जनाको प्रहरी टोलीले भुरेलीबाट मुलपानीचोक सम्म भे ९ प ३६५ न. को स्कुटिमा आएको बेला पक्राउ गरेको हो ।

उनिहरुबाट खैरो धुलो पदार्थ नापतौल नगरेको २ पुडिया लागूऔषध ब्राउन सुगर अर्का व्यक्तीलाई खिने क्रममा बरामद गरिएको हो । दुबैजनालाई आबश्यक अनुसन्धानको लागी तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत राखिएको प्रहरीले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्