काठमाडौं : रिली रोसोउले ४८ बलमा शतक बनाएपछि दक्षिण अफ्रिकाले मंगलबार राति तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ४९ रनले हराएको छ ।
इन्दोरस्थित होल्कार क्रिकेट रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२७ रन बनाएको थियो । २२८ रनको लक्ष्य पछ्याएको भारतले १८.३ ओभरमा सबै विकेट गुमाएर १७८ रनमात्र बनाउन सक्यो ।
पाहुना टोली दक्षिण अफ्रिकाका रोसोउले ४८ बलमा ७ चौका र ८ छक्कासहित अविजित १०० रन बनाए । उनले ओपनर क्विन्टन डी ककसँग दोस्रो विकेटका लागि ९० रनको साझेदारी गरे । त्यस्तै ट्रिस्टन स्टब्ससँग तेस्रो विकेटका लागि ८७ रनको साझेदारी गरे ।
डी ककले ६८ रन जोडे । उनले ४३ बलमा ६ चौका र ४ छक्का प्रहार गरेका थिए । स्टब्सले १८ बलमा २३ रन बनाए । डेबिड मिलर १९ रनमा अविजित रहे । भारतका दीपक चहर र उमेश यादवले एक एक विकेट लिए ।
२२८ रनको लक्ष्य पछ्याएको भारतका लागि दीनेश कार्तिकले ४६, दीपक चहरले ३१, रिशव पन्तले २७, उमेश यादवले अविजित २० र हर्षल पटेलले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दक्षिण अफ्रिकाका ड्वाइन प्रेटोरियसले तीन विकेट लिए भने केशव महाराज, लुङ्गी एनगिडी र वाइन पर्नेलले समान दुई विकेट लिए । कागिसो राबाडाले एक विकेट लिए ।
यससँगै तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा भारत २–१ ले विजयी भएको छ । भारतले पहिलो खेल ८ विकेट र दोस्रो खेल १६ रनले जितेको थियो ।
दक्षिण अफ्रिकाले भारत भ्रमणमा अब तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ । काठमाडौं । रिली रोसोउले ४८ बलमा शतक बनाएपछि दक्षिण अफ्रिकाले मंगलबार राति तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ४९ रनले हराएको छ ।
इन्दोरस्थित होल्कार क्रिकेट रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२७ रन बनाएको थियो । २२८ रनको लक्ष्य पछ्याएको भारतले १८.३ ओभरमा सबै विकेट गुमाएर १७८ रनमात्र बनाउन सक्यो ।
पाहुना टोली दक्षिण अफ्रिकाका रोसोउले ४८ बलमा ७ चौका र ८ छक्कासहित अविजित १०० रन बनाए । उनले ओपनर क्विन्टन डी ककसँग दोस्रो विकेटका लागि ९० रनको साझेदारी गरे । त्यस्तै ट्रिस्टन स्टब्ससँग तेस्रो विकेटका लागि ८७ रनको साझेदारी गरे ।
डी ककले ६८ रन जोडे । उनले ४३ बलमा ६ चौका र ४ छक्का प्रहार गरेका थिए । स्टब्सले १८ बलमा २३ रन बनाए । डेबिड मिलर १९ रनमा अविजित रहे । भारतका दीपक चहर र उमेश यादवले एक एक विकेट लिए ।
२२८ रनको लक्ष्य पछ्याएको भारतका लागि दीनेश कार्तिकले ४६, दीपक चहरले ३१, रिशव पन्तले २७, उमेश यादवले अविजित २० र हर्षल पटेलले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दक्षिण अफ्रिकाका ड्वाइन प्रेटोरियसले तीन विकेट लिए भने केशव महाराज, लुङ्गी एनगिडी र वाइन पर्नेलले समान दुई विकेट लिए । कागिसो राबाडाले एक विकेट लिए ।
यससँगै तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा भारत २–१ ले विजयी भएको छ । भारतले पहिलो खेल ८ विकेट र दोस्रो खेल १६ रनले जितेको थियो ।
दक्षिण अफ्रिकाले भारत भ्रमणमा अब तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्