पहिलोपल्ट गाउँमै भोट हाल्दै तेम्बाथान र तेगाबासी

होस्ट खबर ७ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : जुगल हिमालको काखमा रहेको सिन्धुका अन्तिम दुई गाउँ तेम्बाथान र तेगाका बासिन्दाले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गाउँमै भोट खसाल्न पाउने भएका छन् ।

सदरमुकाम चौताराबाट एक दिन टाढा उत्तर–पश्चिममतर्फ रहेका यी बस्तीका मतदाताले पहिलोपटक गाउँमै भोट खसाल्न लागेका हुन् ।

निर्वाचन आयोगले गाउँमै मतदान केन्द्र राखेर त्यहाँका मतदातालाई ऐतिहासिक अवसर दिएको हो । आयोगको यो निर्णयसँगै गाउँका धेरैले जीवनमै पहिलोपटक मतदान गर्दैछन् ।

सिन्धुको कर्णाली भनेर चिनिने जुगल गाउँपालिका–३ स्थित तेम्बाथान र तेगावासी यसअधिका निर्वाचनमा भने सामलतुमल बोकी भोट खसाल्न आधा दिन पैदल हिँडेर वडाकै गुम्बामा आउन बाध्य थिए । यी दुर्गम गाउँबाट गाउँलेको प्रतिनिधित्व गरेर केही मतदाता मात्र मतदानका लागि आइपुग्थे । नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array