गोेलकिपर चेमजोङले गरे खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव

होस्ट खबर १७ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका पुर्वकप्तान गोेलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् ।

माल्दिभ्सको फुटबल मैदानमै चेमजोङले आफ्नो प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएका हुन् । उनले निरौलालाई औंठी लगाइ दिएर विवाहको प्रस्ताव गरेका हुन् । निरौला श्रीएयरलाइन्सको एयरहोस्टेस हुन् ।

उनले मैदानमै प्रेमिकालाई लगाइदिएको भिडियो निकै भाइरल भइरहेको छ । खेलको उपाधी किरण गोलकिपर भएका क्लब माजिया स्पोर्ट एण्ड रिक्रिएसनले जितेको थियो । उनी प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बन्न सफल भएको खुशीयालीमा प्रेमिकालाई विवाहको प्रस्ताव गरेका हुन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array