१६ वर्षमै डिभोर्स, आत्महत्या प्रयासदेखि आत्मबलसम्म: मिस पवि

होस्ट खबर १२ बैशाख २०८२, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : टिकटकबाट चर्चामा आएकी मोडल तथा अभिनेत्री पवित्रा साकी ९मिस पवि०ले १६ वर्षको उमेरमै डिभोर्स भएको अनुभव सार्वजनिक गरेकी छन्। एक अन्तर्वार्तामा उनले बाल्यकालमै वैवाहिक सम्बन्ध टुटेपछिको संघर्ष र जीवनले सिकाएको पाठबारे खुलेर बताइन्।

उनको भनाइमा, ‘त्यो मेरो जीवनको अँध्यारो अध्याय थियो, तर अब म त्यहीँबाट बलियो बनेर निस्केकी छु।’ उनले स्वीकार गरिन् कि त्यो समयमा आत्महत्या प्रयास समेत गरेकी थिइन्। तर अहिले २५ वर्षको उमेरमा आफूले जीवनका गहिरा मूल्य बुझेको महसुस भइरहेको बताइन्।

मिस पविले भनिन्, ‘समाजले राम्रो कुरा हेर्न सक्दैन, सधैं गल्ती मात्र देख्छ। तर म अगाडि बढिरहेकी छु।’ अहिले उनी टिभी शो ‘कमेडी दरबार’ र फिल्म ‘माग्ने राजा’ मा अभिनयमा ब्यस्त छिन्।
‘गल्तीबाट सिकेँ, रोएँ तर रुकिन सकिनँ। अब म आफैंलाई माया गर्न सिकेँ।’

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्