डिजेल र पेट्रोलको मूल्य बढ्यो

होस्ट खबर १८ जेष्ठ २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले जेठ १७ गते पठाएको मूल्यसूची अनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलरमट्टितेलमा १ रुपैयाँले रुपैयाँले बढाएको छ ।

यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँले र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रतिकिलो लिटर अमेरिकी डलर २२ ले घटाईएको निगमले जनाएको छ।

यसैगरी हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि द्यचभबप भ्खभल एयष्लत मा बिक्री मूल्य कायम गरिएको छ । साथै, एलपि ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ। निगम सञ्चालक समितिको निर्णय अनुसार नयाँ मूल्य आइतबार बिहान १ बजेदेखि लागू हुनेछ ।

मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको भाउ प्रतिलिटर १५६.५० रुपैयाँ र डिजेलरमट्टितेलको भाउ १४०.५० रुपैयाँ रहेको छ ।

यसैगरी, दोस्रो वर्ग अन्तर्गत पर्ने सुर्खेत र दाङ्गमा पेट्रोल प्रतिलिटर १५८ रुपैयाँ र डिजेलरमट्टितेल १४०.५० रुपैयाँ रहेको छ । त्यस्तै, तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ र डिजेलरमट्टितेल १४३ रुपैयाँ रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्