काठमाडौँ : भारत र पाकिस्तानबीचको युद्धविरामपछि, मे १७ बाट आईपीएल क्रिकेटका बाँकी खेलहरू सुरु हुँदैछन् ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआइ) ले सिजनका बाँकी खेलहरूको तालिका जारी गरिसकेको छ ।
तर, केही विदेशी खेलाडीहरूले सिजनको बाँकी खेलका लागि उपलब्ध नहुने आफ्ना फ्रेन्चाइजीहरूलाई जानकारी गराएका छन् । यस्तो अवस्थामा बीसीसीआईले आईपीएलको बाँकी खेलका लागि टोलीहरूलाई अस्थायी रूपमा वैकल्पिक खेलाडीहरू थप्न अनुमति दिएको छ।
केही विदेशी खेलाडीहरू आगामी खेलहरूको लागि उपलब्ध छैनन्। यदि खेल बीचमा नरोकिएको भए आईपीएलको फाइनल मे २५ मा हुने भनिएको थियो तर अब जुन ३ मा फाइनल खेल हुने भएकोले राष्ट्रिय टोलीमा सामेल हुने विदेशी खेलाडीहरूलाई यसमा खेल्न गाह्रो भएको छ।












प्रतिक्रिया दिनुहोस्