आईपीएल: सुरक्षाका कारण पञ्जाब र दिल्लीबीचको खेल रद्द

होस्ट खबर २६ बैशाख २०८२, शुक्रबार
2 Min Read
Aa

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबारपञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बिचको खेल रोकिएको छ। पाकिस्तानले गरेको आक्रमणको बिचमा धर्मशालाको एचपीसीए मैदानमा भइरहेको सुरक्षाको कारण देखाउँदै खेल रोकिएको हो।

मैदानका सबै फ्लडलाइट निभाइएर सबै फ्यानहरूलाई मैदान खाली गर्न लगाइएको थियो। खेल रोकिँदासम्म पञ्जाबले १०।१ ओभरमा एक विकेट गुमाएर १२२ रन बनाएको थियो। प्रभसिमरन सिंह र श्रेयस् अय्यर अविजित रहेका थिए । प्रियांश आर्य भने ७० रन बनाएर आउट भएका थिए ।

खेल रद्द भएसँगै दुवै टोलीले एकएक अंक बाँडेका छन्।

पन्जाब र मुम्बईको खेल अहमदावादमा हुने

पन्जाब किङ्स र मुम्बई इन्डियनको आइतबारका लागि तय भएको खेल अहमदावादमा हुने भएको छ। शीर्ष दुईमा स्थान पाउनका लागि सो खेल निर्णायक हुन सक्ने छ। गुजरात क्रिकेट संघले आईपीएलका आयोजकले स्थान परिवर्तन गर्न राखेको प्रस्ताव स्वीकार गरेको हो।

आईपीएलको शीर्ष चार स्थानमा रहनका लागि ५ टोलीका बीचमा तीव्र प्रतिस्पर्धा भइरहेको छ। गुजरात टाइटन, मुम्बई इन्डियन, पन्जाब किङ्स, रोयल च्यालेन्जर बंगलोरु र दिल्ली क्यापिटल यो प्रतिस्पर्धामा छन्। त्यसपछिका दुई स्थानमा रहेका कलकता नाइडर्स र लखनउ सुपर जायन्ट्सको सम्भावना न्यून भइसकेको छ। राजस्थान, सनराइजर्स हैदरावाद र चेन्नई बाहिरिएका छन्।

शीर्ष स्थानमा रहेको गुजरात र बंगलोरुको १६ अङ्क छ । पन्जाबको १५, मुम्बईको १४ तथा दिल्लीको १३ अङ्क छ। कलकत्ता ११ र लखनउको १० अङ्क छ। मुम्बई, कलकता, राजस्थान र चेन्नईको १२ खेल सकिएको छ भने अन्य टोलीले ११ खेल खेलेका छन्।

आईपीएलमासमेत भारत(पाकिस्तान युद्धको प्रभाव देखिएको छ। शीर्ष चारका लागि पाँच टोलीको भिडन्त निर्णायक हुँदै गर्दा बिहीबारको खेल युद्धकै कारण अवरुद्ध भयो। दिल्लीविरुद्ध सुरुमा ब्याटिङ गरेको पञ्जाबले एक विकेटको क्षतिमा १२२ रन बनाएपछि खेल अवरुद्ध भएको हो।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्