काठमाडौँ : भारतले गए राति पाकिस्तानका ९ ठाउँमा आक्रमण गरेको छ। ‘अपरेसन सिन्दुर’ नाम दिएको उक्त आक्रमणमा भएको मानवीय क्षतिको विवरण आउन बाँकी छ।

भारतले आतंकवादी रहेको मानिएका ९ ठाउँमा आक्रमण गरेको जनाएको छ। पाकिस्तानले पनि जवाफी आक्रमण गर्ने बताएको छ। बहावलपुर, कोटली तथा मुजफ्फाबादलगायत ठाउँमा आक्रमण गरिएको जनाइएको छ।
पाकिस्तानी अखबार डनले आक्रमणमा ३ जनाको मृत्यु भएको र १२ जना घाइते भएको जनाएको छ। भारतीय आर्मीले भने पाकिस्तानको सैन्य क्षेत्रमा भने आक्रमण नगरेको जनाएको छ।
कश्मीरको पलगाममा २२ अप्रिलमा भएको आतंकवादी आक्रमणमा भ्रमणमा गएका एक नेपालीसहित २६ पर्यटक मारिएका थिए।
पाकिस्तानले भने सर्वसाधारणहरूको घरमा आक्रमण गरेको जनाएको छ। पाकिस्तानी सञ्चार माध्याम पिटिभीले भारतका दुईवटा फाइटर जहाज पाकिस्तानी सेनाले झारिदिएको जनाएको छ।
यसैबीच पाकिस्तानको लाहोर एयरपोर्टमा आपतकालीन अवस्था घोषणा गरिएको छ। मिडिया रिपोर्टका अनुसार एयरपोर्ट खाली गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ।
कतिपय उडानहरू प्रभावित भएका छन् भने प्लेनहरू डाइभर्ट गरिएका छन्। लाहोर विमानस्थल ४८ घन्टाका लागि आपत्कालीन अवस्था घोषणा गरिएको हो।












प्रतिक्रिया दिनुहोस्