राजस्थानमाथि कोलकाताको १ रनको रोमाञ्चक जित

होस्ट खबर २२ बैशाख २०८२, सोमबार
2 Min Read
Aa

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्समाथि झिनो अन्तरले हराएको छ । इडेन गार्डेनमा आइतबार भएको खेलमा घरेलु टोलीले राजस्थानमाथि १ रनको रोमाञ्चक जित हासिल गरेको हो ।

जितका लागि २०७ रनको चुनौती पछ्याएको राजस्थान २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रनमा समेटियो । राजस्थानले ८ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । चौथो क्रमको ब्याटरका रुपमा आएका कप्तान रियान परागबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् ।

रियान शतकबाट ५ रनले चुके । बिष्फोटक ब्याटिङ गरेको उनले ४५ बलमा ६ चौका र ८ छक्का सहित ९५ रनको पारी खेले । तर यो उनको प्रदर्शन जितका लागि प्रयाप्त भएन ।

कोलकाताका लागि मोइन अलि, हर्षित राना र वरुण चक्रवर्तीले समान २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले पहिलो निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०६ रन बनायो ।

ओपनर सुनिल नारायण ११ र रहमानुल्लाह गुर्बाज ३५ रनना आउट भए । ६९ रन जोड्दा कोलकाताले २ विकेट गुमाएको थियो ।

यसपछि कप्तान अजिक्य राहाणे र अंगकृश रघुवंशीले तेस्रो विजेटका लागि ४२ रनको साझेदारी गरे । राहने ३० रनमा आउट भए । अंगकृश र आन्द्रे रसलले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे । अंगकृश ३१ बलमा ४४ रन जोडेर आउट भए ।

रसलले उत्कृष्ट ब्याटिङ गरे । उनले २५ बलमा ४ चौका र ६ छक्कासहित अविजित ५७ रनको महत्वपूर्ण योगदान दिए । राजस्थानका लागि जोफ्रा आर्चर, युद्धवीर सिंह, महिश थिक्साना र रियान परागले १/१ विकेट लिए । कोलकाता ११ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । राजस्थान ६ अंकसहित आठौं स्थानमा रहेको छ ।

शनिबार भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरले चेन्नई सुपरकिङ्ग्सलाई २ रनले हराएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्