काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकातान नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गए राति भएको खेलमा दिल्ली १४ रनले पराजित भएको हो ।

सुरुवाति ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०४ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको दिल्ली ९ विकेट गुमाउँदै १९० रनमा समेटिएपछि कोलकाता १४ रनले विजयी भएको हो ।
कोलकाताका लागि रहमनुल्ला गुरबाजले २६ र सुनिल नरेनले २७ रन जोडे । त्यस्तै अजिङ्क्या राहाणेले २६ रन जोड्दा अङ्गकृष रघुवंशीले ४४ रन बनाए । रिङ्कु सिंहले ३६ र आन्द्रे रशेलले १७ रनको योगदान दिए । बलिङतर्फ कोलकाताका लागि सुनिल नरेनले ३ विकेट लिँदा वरुण चक्रवर्तीले २ विकेट लिए । अनुकुल रोय, वैभव अरोरा र आन्द्रे रशेलले १र१ विकेट लिए ।
दिल्लीका लागि फाफ डुप्लेसिसले ६२ रनको अर्धशतकीय पारी खेले पनि पराजय टार्न सकेनन् । त्यस्तै अक्षर पटेलले ४३ रन बनाउँदा विप्रज निगमले ३८ र करुण नायरले १५ रन जोडे । बलिङतर्फ दिल्लीका लागि मिचेल स्टार्कले ३ विकेट लिँदा विप्रज निगम र अक्षर पटेलले २र२ विकेट लिए । दुश्मन्था चमिराले १ विकेट लिए ।
आईपीएलमा आज राति पौने ८ बजे चेन्नई सुपर किङ्स र पञ्जाब किङ्सबीच खेल हुनेछ ।












प्रतिक्रिया दिनुहोस्