पाथीभरा जाँदै गरेको गाडीमा करेन्ट लाग्दा आगलागी, चार जनाको मृत्यु

होस्ट खबर ८ बैशाख २०८२, सोमबार
1 Min Read
Aa

फुङ्लिङ : ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी ताप्लेजुङको अनुसार मे१च ३०११ नम्बरको बुलेरो गाडीमा फुङ्लिङ नगरपालिका(१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो। आगलागीमा जलेर मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए।

आज बिहान करिब ५ः०० बजे विद्युत्को पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो।

घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पठाइएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ भने आगो पूर्ण रुपमा नियन्त्रणमा ल्याइएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्