जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

होस्ट खबर ३ बैशाख २०८२, बुधबार
1 Min Read
Aa

जुम्ला : तोपानी गाउँपालिका–६ स्थित धौलापानीमा ५७ लाख ६१ हजार लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ ।
किषिका माध्यमबाट किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित उक्त आयोजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए ।

कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा ९रेरास० परियोजनाको सहयोग र गाउँपालिकाको समन्वयमा पचास घनमिटरको रिजर्भ ट्याङ्की र दुईवटा १० घनमिटरका सहायक ट्याङ्की निर्माण गरिएको छ ।
लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टका अनुसार आयोजनाबाट वडाका ३५ परिवार लाभान्वित भएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्