हैदराबादले पञ्जाबलाई हरायो, अभिषेक शर्माको सानदार शतक

होस्ट खबर ३० चैत्र २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौँ : इन्डियन प्रिमियर लिग ९आएपिएल०मा सनराइजर्स हैदरावादले दोस्रो जित निकालेको छ । पञ्जाब किंग्सले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको हैदरावादले अभिषेक शर्माको सानदार शतकको मद्दतमा निर्धारित २० ओभरमा ९ बल अघि २ विकेट गुमाएर पूरा गर्यो ।

अभिषेक र ट्रेभिस हेडले पहिलो विकेटका लागि १ सय ७१ रनको साझेदारी गर्दै जितलाई सुनिश्चित गरेका थिए । अभिषेकले ४० बलमा ११ चौका र ६ छक्कासहित आइपिएलमा आफ्नो पहिलो शतक पूरा गरेका थिए । ५५ बल खेलेका अभिषेकले १४ चौथो र १० छक्कामा १ सय ४१ रनको योगदान गरे। उनी अर्शदीप सिंहको बलमा आउट भएका थिए। हेड ३७ बलमा ९ चौका ३ छक्कासहित ६६ रन बनाए । हर्निच क्लासन २१ र इसान किसन ९ रनमा नटआउट रहे ।

त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पञ्जाबले पहिले ब्याटिङ गर्यो। २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४५ रनको ठूलो योगफल खडा गर्यो। कप्तान श्रेयस अयरले सानदार ब्याटिङ गरे। ३६ बल खेल्दै ६ चौका र ६ छक्का सहित सर्वाधिक ८२ रन बनाए ।

प्राभिसिमरन सिंहले ४२ रन जोडे। प्रियान्स आर्याले ३६ रन र नेहाल वादेराले २७ रन बनाए । यस्तै मार्कस स्टोनिस अविजित ३४ रनमा रहे। उनले मात्र ११ बल खेल्दै ४ छक्का र १ चौका प्रहार गरे ।

बलिङमा हर्ष पटेलले ४ ओभर बलिङ गर्दै ४२ रन खर्चेर ४ विकेट लिए। इशान मालिङ्गाले २ विकेट झारे ।

पहिलो जित पछि हैदरावादले लगातार ४ खेल हारेको थियो। ६ खेलमा ४ अंकसहित हैदरावाद आठौँ स्थानमा उक्लिएको छ । पञ्जाब ५ खेलमा ६ अंकसहित छैंटौं स्थानमा छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्