काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले लगातार दोस्रो हार ब्यहोरेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा मुम्बई इन्डियन्स गुजरातसँग ३६ रनले पराजित भएको हो ।
गुजरातले दिएको १९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेटको क्षतिमा १६० रन मात्रै बनाउन सक्यो । मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ४८ रनको योगदान दिए । २८ बलको सामना गरेका सूर्यकुमारले चार छक्का र एक चौका प्रहार गरे ।
यस्तै, तिलक बर्माले ३९ रन जोड्दा नमन धीर र मिचेल स्यान्टनर समान १८/१८ रनमा अविजित रहे । कप्तान हार्दिक पाण्ड्याले ११ रन जोडेर पभिलियन फर्किएका थिए ।
गुजरातका लागि मोहमद सिराज र प्रसिद्ध कृष्णले समान २/२ विकेट लिए । यस्तै, कागिसो रबाठा र साइ किशोरले समान १(१ लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेटको क्षतिमा १९६ रनको योगफल तयार पारेको थियो ।
गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ६३ रनको योगदान दिए । यस्तै, जोस बटलरले ३९, कप्तान शुभमन गिलले ३८ र शेरफान रुदरफोर्डले १८ रन जोडे ।
मुम्बई इन्डियन्सका लागि कप्ताद हार्दिक पाण्ड्याले २ तथा ट्रेन्ट बोल्ट, दीपक चाहर, मुजिब रहमान र सत्यनारायणन राजुले समान १(१ विकेट लिए । मुम्बईको यो लगातार दोस्रो हार हो भने गुजरातको पहिलो जित ।












प्रतिक्रिया दिनुहोस्