काठमाडौँ : राजसंस्था पुनस्थापनाको माग गर्दै शुक्रबार दुर्गा प्रसाई नेतृत्वको राजावादी समूहले काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शन गरेको छ । तिनकुनेलाई केन्द्रमा राखेर राजावादी समूहले आन्दोलन गरेको भएपनि काठमाडौंका अन्य स्थानमा समेत प्रदर्शन गरेका छन् । राजतन्त्रको पक्षमा वकालत गर्दै आएको समूहको आव्हानमा तीनकुनेमा भएको विरोध प्रदर्शनमा सहभागीहरू स्थानीयको घर तोडफोड, आगजनी र लुटपाटमा उत्रिए। दुर्गा प्रसाईं नेतृत्वमा हिजो काठमाण्डौको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको ज्यान गएको छ ।

एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको आगलागीमा परेर ज्यान गएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।
पूर्वराजाका समर्थकले तीनकुने क्षेत्रमा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत गाडीमा तोडफोड गरेका थिए ।
तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीले मानवीय र भौतिक क्षति भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ । तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ । तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो घटनामा परी नेपाल प्रहरीका ५३ जना,सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए ।
विभिन्न १४ ठाउँमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक ठाउँमा लुटपाट भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।


































प्रतिक्रिया दिनुहोस्