सुर्खेत : हिमाली जिल्ला डोल्पाको ठुली भेरी नगरपालिकाले सोमबारदेखि आफ्नै नगरबस सञ्चालनमा ल्याएको छ । त्रिपुरासुन्दरी मन्दिरमा भव्य पूजापाठ गरी उक्त सेवा सुरु गरेको हो ।

डोल्पामा नगरबस सञ्चालन गर्ने एकमात्र स्थानीय तह हो, ठुली भेरी । नगरपालिकाका अनुसार नगरबस अहिलेलाई दुनै–रुपगाड–कालागौडा–मोतिपुर–डाँगीबाडा र जुफाल रुटमा चल्ने छ ।
नगरप्रमुख सुवर्ण कुमार बुढा नगरपालिकाभित्रका सबै वडामा सडक बिस्तार भएसँगै नगरबासीलाई यातायातको सुविधा सहज र सुलभ सेवा दिने उद्देश्यसहित नगरबस सञ्चालनमा ल्याइएको बताउँछन् ।
सडक सञ्जालको सहज सुविधा नभएका गाउँका स्थानीय तहहरूले नगरबस सेवा सञ्चालन गरिरहेका छन् ।
नगरबस सञ्चालन गर्नेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका, मुगुको छायानाथ रारा, दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले यसअघिनै नगरबस सञ्चालनमा ल्याइसकेका छन् ।












प्रतिक्रिया दिनुहोस्