सुर्खेत : गृहमन्त्री रमेश लेखकले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई सुर्खेतमा रहेको प्रादेशिक आपत्कालीन गोदाम घर हस्तान्तरण गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मातहतमा रहेको सो गोदाम घर प्रदेशलाई हस्तान्तरण गरेपछि विपद् जोखिम न्यूनीकरणको काममा प्रदेशले नै सञ्चालन र परिचालन गर्ने उनले बताए।

उनले संघले नीति नियम बनाउने र बजेट व्यवस्थापन गर्ने, प्रदेशले समन्वय गर्ने र स्थानीय पालिकाहरूले काम गर्ने गरी विपद् न्यूनीकरणमा लाग्न निर्देशन दिदैं प्रदेश र स्थानीय सरकारले विपद् न्यूनीकरणको क्षेत्रमा बर्सेनि बजेट छुट्याउनुपर्नेमा जोड दिए। उनले पश्चिम नेपालको भूकम्पले क्षति पुर्याएको संरचनाको पुनर्निर्माण र पीडितहरूलाई पुनर्स्थापनाको काम नीति र बजेट विनियोजन गरेर सुरु भइसकेको बताएका छन्।
उनले पश्चिम नेपालको डोटी, बझाङ र जाजरकोटमा गएको भूकम्पले क्षति पुर्याएको संरचनाहरूको विस्तृत मूल्यांकन नै नभएको पाइएको हुँदा त्यसको मूल्यांकन लिएर नीति र बजेट छुट्याइ कार्यालय स्थापना गरेर पुनर्निर्माण र पुनर्स्थापनाको काम सुरु भइसकेको बताए।












प्रतिक्रिया दिनुहोस्