काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधरहरू उनलाई स्वागत गर्न भन्दै काठमाडौँ विमानस्थल आसपासका सडकमा जुटेका बेला राजसंस्थावादी नारा लागेका छन् भने सदन र सत्तामा रहेका नेताहरूले त्यसप्रति चिन्ता व्यक्त गरेका छन्।

सरकारका प्रवक्ताले राजावादीहरूको यस गतिविधिलाई उनीहरूले आफ्नो ;’लोकतान्त्रिक अभ्यास गरेकोू रूपमा बुझेको तर त्यसबाट आफूहरूले ‘कुनै दबाव महसुस नगरेको’ बताए।
‘यस्ता र्यालीहरूले उग्र रूप लिँदै गएमा त्यसको प्रतिवाद कसरी गर्ने भन्ने सोच्न सकिन्छ। तर हामीले कुनै दबाव महसुस गरेका छैनौँ। नेपालमा राजतन्त्र फर्कने कुनै पनि सम्भावना छैन,’ सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले भने।
उनले भने, ‘प्रचण्ड कमरेड, सम्माननीय प्रधानमन्त्रीविरुद्धको नाराबाजी नियोजित छ। त्यो निश्चित योजनाअनुरूप भएको कुरा हामीले बुझेका छौँ र त्यहीअनुरूप नै हेरेका छौँ।’
राप्रपाका नेताहरूले गणतन्त्रवादी र राजतन्त्रवादीहरू ‘नवीन समझदारीुमा जानुपर्ने माग गरिरहेका पाइन्छन्। तर मन्त्री गुरुङ भन्छन्, ‘राजतन्त्रका विषयमा कुनै पनि कुरा हुँदैन।’
त्यसै गरी आइतवार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभाजित गर्ने प्रयास गरेको आरोप लगाए।
‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान् । तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन’, एमाले महासचिव शंकर पोखरेलले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘अढाइ सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो । जनआन्दोलनबाट फालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौँ ।’
राजनीतिशास्त्री कृष्ण पोखरेल राजतन्त्रको मुद्दा उठाइरहेका दलहरूको चुनावहरूमा देखिएको लोकप्रियताको मापनका आधारमा ‘सामान्य अवस्थामा राजतन्त्र फर्किने सम्भावना नभए तापनि यसले अहिलेको शासन व्यवस्था पूर्णतस् सुरक्षित भएको सङ्केत समेत नगर्नेु बताउँछन्।
‘यस्तो अवस्था आउनुपछाडिका कारणलाई राम्रोसँग व्यवस्थापन गर्न नसके देश अराजकता र अस्तव्यस्तताको बाटोमा जान सक्छ,’ पोखरेल भन्छन्।

झन्डै एक महिना पोखरामा बिताएका शाह आइतवार अपराह्न काठमाण्डू फर्कँदा उनलाई स्वागत गर्न भन्दै राजतन्त्र पक्षधरहरूको भिड लागेको थियो। पछिल्ला सातामा उनले पोखरामा उनले आफ्ना दाजु राजा वीरेन्द्रको सालिक अनावरण गर्नुका साथै पोखरा, बाग्लुङ र स्याङ्जाका मठमन्दिरहरू दर्शन गरेका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आह्वान गरेको उक्त आयोजनामा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालु, राप्रपा-नेपाल लगायतका विभिन्न समूहहरू सहभागी भएका छन्।
काठमाडौँका विभिन्न ठाउँबाट जुटेका उनीहरू विमानस्थलबाहिरको चक्रपथको बाटोमा भेला हुँदा त्यसतर्फको यातायात प्रभावित भएको छ।
त्यस क्षेत्रसहित राजधानीका धेरैतिर सडक आउजाउ अस्तव्यस्त बनेको छ भने अवस्था बिथोलिन नदिनका लागि भन्दै सयौँका सङ्ख्यामा प्रहरी परिचालन गरिएको अधिकारीहरूले बताएका छन्।
विमानस्थल परिसरभित्र यात्रुहरूलाई मात्र प्रवेश गर्न दिइएको थियो। विगत केही दिनमा पोखराबाहेक हालै धनगढी, बुटवल, भरतपुरजस्ता देशका विभिन्न भागमा राजतन्त्र पक्षधहरूले जुलुसहरू आयोजना गरेका थिए।












प्रतिक्रिया दिनुहोस्