सुर्खेत : मुगुस्थित रारातालको किनारमा अवस्थित एक होटेलमा गएराति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् ।

आगोबाट काठै काठको संरचनाले बनेको भवनमा क्षति पुगेको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्यास सिलिन्डर पड्कँदा अन्य तीन भवनमा क्षति पुगेको छ ।
प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो ।












प्रतिक्रिया दिनुहोस्