जुम्लामा दुई सय ३३ किशोरी एचपीभी खोपबाट वञ्चित

होस्ट खबर १३ फाल्गुन २०८१, मंगलवार
2 Min Read
Aa

 जुम्ला : जुम्लाका ६ हजार पाँच सय ६ जना किशोरीहरूलाई पाठेघरविरुद्धको खोप ९एच पिभि० लगाइएको छ। जसमध्ये ६ कक्षा र १० वर्षका १ हजार ३ सय ७२ र ७-१० कक्षा ११-१४ वर्षसम्मका ५ हजार १ सय ३४ जना किशोरीहरू रहेका छन्।

खोप अभियानमा जुम्लामा १ सय ६४ खोप सेसन थिए। गत माघ २७ देखि फागुन ७ गतेसम्म जिल्लाका विभिन्न खोप केन्द्रमा लगाइएको थियो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार सरकारको राष्ट्रिय खोप अभियान अन्तर्गत जुम्लाका ८ वटै स्थानीय तहमा लगाइएको खोपको तथ्यांक अनुसार ६ हजार ७ सय ३९ जना किशोरीलाई खोप लगाउने लक्ष्य अनुसार ६ हजार पाँच सय ६ जना जना किशोरीलाई लगाइएको हो। जसअनुसार ९६।५४ प्रतिशतले खोप लगाएका प्रमुख सापकोटले बताए।

तथ्यांक अनुसार २ सय ३३ जना किशोरीहरू खोपबाट वञ्चित भएका छन्। जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सोमैका अनुसार पहिलो पटक जुम्लाको चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिका, पातारासी गाउँपालिका, तातोपानी गाउँपालिका, तिला गाउँपालिकामा माघ २७ गतेदेखि सुरु गरिएको थियो भने दोस्रो पटक सिंजा क्षेत्रका हिमा गाउँपालिका, सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा फागुन १ गतेदेखि खोप लगाइएको थियो।

खोप अभियान सफल पार्नका लागि ३ सय ३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरू परिचालन गरिएको थियो। जनस्वास्थ्य कार्यालयले मापदण्ड अनुसारका सबै किशोरीहरूलाई खोप लगाउन सूचना समेत गरेको थियो। तर बिहान धेरै चिसो भएका कारण विद्यालय ढिलो खोल्ने भएपछि लक्ष्य अनुसारको खोप लगाउन नसकिएको बताइएको छ।

जुम्लामा ८ हजार ९ सय २० भाइल खोप आइपुगेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्