नेपाल आउने अमेरिकी सहयोग ५३९ करोड एलोन मस्कद्वारा रोक

होस्ट खबर ५ फाल्गुन २०८१, सोमबार
1 Min Read
Aa

एजेन्सी :  राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी एलोन मस्कले नेपालका दुई शीर्षकको मद्दत रोकेका छन्। मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागले शनिबार यो निर्णय गरेको हो।

विभागले जारी गरेको एउटा सूचीमा नेपालको वित्तीय सहयोग शीर्षकमा २७७ करोड र जैविक विविधता संरक्षण शीर्षकमा २६२ करोड गरी कुल ५३९ करोड रुपैयाँको सहयोग रोकिएको हो ।

यस्तै विभागले भारतको चुनावमा मतदाता सहभागिता बढाउन दिइरहेको २९१ करोड रुपैयाँको सहयोग समेत रद्द गरेका छन्।

विभागले १५ प्रकारका कार्यक्रमहरूको कोष रद्द गरेको छ। यसको विश्वभर चुनाव प्रक्रियालाई सुदृढ पार्ने कार्यक्रम पनि छ, जसमा ६७२० करोड रुपैयाँको कोष रहेको छ।

यसका अलावा विभागले बंगलादेशमा राजनीतिक वातावरणलाई सुदृढ पार्नका लागि भन्दै अमेरिकाले ४०२ करोड रुपैयाँ दिएको थियो।

बंगलादेशमा शेख हसिना सरकारलाई अपदस्थ गर्न विदेशी चलखेल भएको आशंकाबीच यो कोष रोकिएको हो।

मोदीको अमेरिका भ्रमणको क्रममा ट्रम्पलाई यसबारे प्रश्न गर्दा उनले बंगलादेशमा सत्ता परिवर्तनमा अमेरिकाको कुनै भूमिका नभएको जवाफ दिएका थिए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्