सुर्खेत : दैलेखमा भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५ बजे दैलेखस्थित कट्टी वर्षामापन केन्द्रमा भारी वर्षा मापन गरिएको छ । सो क्षेत्र भई बहने बेस्तडा खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पछिल्लो ६ घण्टामा दैलेखको कट्टीमा १३७ मिलिमिटर वर्षा मापन भएको छ । पछिल्लो एक घण्टामा १८ र ३ घण्टामा ६२ मिलिमिटर वर्षा भएको कट्टीमा रहेको मापन केन्द्रले रेकर्ड गरेको छ । भगवतीमाई गाउँपालिकामा पर्ने कट्टीमा सर्वाधिक वर्षा भएपछि त्यस आसपासमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ ।
भगवतीमाइ गाउँपालिका अध्यक्ष गणेश थापाले वेस्तडा खोलामा आएको बाढीले वेस्तडा बजार नजिकै पर्ने गिरी चोकतर्फ कटान गरिरहेकाले स्थानीयलाइ सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको बताए । अहिले पनि ठूलो वर्षा भइरहेकाले थप जोखिम बढ्न सक्ने भएकाले पालिकाभरीका सबै नै नागरिकलाइ सुरक्षित राख्न समन्वय भइरहेको बताए ।
वर्षा हुने क्रम नरोकिएकाले कट्टी आसपास भएर बग्ने खहरे र वेस्तडा खोलामा बाढी बढीरहेकोले नागरिकलाई अलर्ट जारी गरिएको हो । पछिल्लो ६ घण्टामा वीरेन्द्रनगरको गोठीकाँडामा १० र रातानाङ्गलामा २३.४ मिलिमिटर वर्षा मापन गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्