सुर्खेतको सिम्तामा खोलाले बगाउँदा एक बालिका बेपत्ता

होस्ट खबर २५ असार २०८१, सोमबार
0 Min Read
Aa

सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ९ खाम्नामा रहेको कुदाल खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् ।

सिम्ता गाउँपालिका-९ की कल्पना बादीकी ७ वर्षीया छोरी मनीषा बादीलाई कुदाल खोलाले बगाएको प्रहरी चौकी आली सुर्खेतले जानकारी दिएको छ ।

खोलाले बगाएर बेपत्ता भएकी बालिकाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बालिकालाई खोलाले बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्